Advertisement

लिग टू : नेपाल ओमानसँग १३ रनले पराजित

0 98

Advertisement

२७ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए ।

यस्तै देब खनालले ३४, उपकप्तान रोहित पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र यसै खेलबाट ओडीआईमा डेब्यु गरेका सुनिल धमलाले १२ रन जोडे । करण केसी ८, सुबास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

८६ रनमा ५ विकेट गुमाएरपछि मक्सुदले एक छेउबाट इनिङ्स सम्हाल्दै अन्तिमसम्म क्रिजमा टिकेर अविजित १०४ रन बनाए । १२६ बल खेलेका उनले १२ चौका प्रहार गरे । यस्तै खाँवर अलीले ३० र आयन खानले २७ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

कप्तान सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.