Advertisement

खर्च विवरण बुझाउन ताकेता

0 77

Advertisement

२५ जेठ, पर्वत । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरुलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरुले खर्च विवरण बुझाउन आग्रह गरेको हो ।

गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यालयले अनिवार्य रुपमा खर्चविवरण उपलब्ध गराउन माग गरेको हो ।

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि खर्चको सीमा तोकेको थियो । सोेही मापदण्डभित्र निर्वाचनको खर्च गर्नुपर्ने भए पनि अधिकांश उम्मेदवारहरुले अत्यधिक मात्रामा खर्च गरेका समाचारहरु आइरहँदा कार्यालयले आयोगले तोके अनुसारको मापदण्ड र खर्च विवरणअनुसार बुझाउन आग्रह गरेको हो ।

यही जेठ ३० गतेभित्र सबै विजयी भएका वा विजयी हुन नसकेका सबै उम्मेदवारहरुलाई विवरण उपलब्ध गराउन सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्ने उहाँले बताउनुभयो ।

नगरपालिका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजारसम्म र वडाध्यक्षले रु दुई लाखसम्म र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.