Advertisement

वायुसेवा कम्पनीहरुले बढाएको हवाई भाडादर आजदेखि लागू

0 194

Advertisement

११ जेठ, काठमाडाैँ । वायुसेवा कम्पनीहरुले बढाएको हवाई भाडादर आजदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन ।

वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन। बढेको भाडा जेठ ११ गते बुधबारदेखि लागू हुने भएको संघले जनाएको छ । संघले गत सोमबार नै भाडादर बढाउने बारे सूचना जारी गरेको थियो ।

संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ ।

हवाई भाडादर बढेसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

गत आइतबार नेपाल आयाल निगमले हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.