Advertisement

काठमाडौँमा कांग्रेस सात, एमाले दुई र राप्रपा एक पालिका प्रमुखमा निर्वाचित

0 355

Advertisement

०९ जेठ, काठमाडाैँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक स्थानीय तहमा प्रमुख निर्वाचित हुनुभएको छ । काठमाडौँमा स्थानीय तहको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । कांग्रेस कागेश्वरीमनोहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिका र गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा जितेको छ ।

एमाले टोखा र बूढानीलकण्ठ नगरपालिका तथा राप्रपा शङ्खरापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएको छ । काठमाडौँ महानगरपालिकाको भने मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा एमालेकी सुनिता डङ्गोलले अग्रता लिनुभएको छ । प्रमुखमा स्वतन्त्र उम्मेदवार साहलाई कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितले पछाइरहनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.