Advertisement

चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा १ जनाको मृत्यु

0 183

Advertisement

०८ जेठ, चितवन । चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।

घटनामा भरतपुर महानगरपालिका वडा नं. ७ का २२ वर्षका तरुण थापा घाइते भएका प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.