Advertisement

हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु

0 166

Advertisement

३१ बैशाख, मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मतगणना स्थानीय सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा आज बिहान ७ बजेदेखि सुरु भएको छ ।

बिहान ११ः बजे सम्म २०० मत गन्दा नेकपा (एमाल)ेका प्रमुख पदका उम्मेदवार अनन्त पौडेलले ७१, गठबन्धनका नेकपा एकीकृत (समाजवादी)का मीना लामाले ६५ र राप्रपाका दीपकबहादुर सिंहले ४२ मत प्राप्त गर्नुभएको छ, भने उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँले ८८, एमालेका सुमित्रा काफ्लेले ८२, राप्रपाकै इन्दिरा न्यौपानेले १२ मत प्राप्त गर्नुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौँडा उपमहानगरपालिकामा करिब ६६% मतदान भएको र मकवानपुर जिल्लामा करिब ७१% मतदान भएको बताउनुभयो । उहाँले मतगणनास्थलमा सुरक्षाको राम्रो प्रबन्ध गरिएको र आवश्यक कर्मचारी खटाइ सकभर तीन चार दिनमै मतगणना सम्पन्न गरिने जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.