Advertisement

नवौँ राष्ट्रिय खेलकुदको ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक

0 147

Advertisement

२४ बैशाख, काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद–२०७९ को ‘लोगो’ र ‘मस्कट’ सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो ।

प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गर्नुभएको लोगो र मस्कट छनोट भएको हो । लोगोमा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ«ेलाई रेखाकृतिमा देखाइएको छ । त्यसतल आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बत गरेको छ । रातो रङको चार धर्साले परेवाको खुट्टा दर्शाइएको छ ।

चार धर्साले खेल मैदानको ट्रेकका साथै गण्डकी प्रदेशको साविकको ४ नं प्रदेशलाई दर्र्शाएको छ । ट्रेकमा रहेको चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सहभागी सबै टोलीको प्रतिनिधित्व गर्ने युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ ।

यस आकृतिको तलका दुई हरफले राष्ट्रिय खेलकुदको संस्करण र साल एवं उक्त प्रतियोगिता हुने स्थान अनि प्रदेशलाई बुझाएको छ । नवौँ खेलकुदको ‘मस्कट’ मा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्रणाली कस्तुरी मृगको आकृति समावेश गरिएको छ ।

कोरोना महामारीका कारण रोकिएको नवौँ राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुँदैछ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड सङ्क्रमणका कारण खेलकुद स्थगित भएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा आयोजना गर्न खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.