Advertisement

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिनु हुदैन : अध्यक्ष ओली

0 149

Advertisement

इटहरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने बताएका छन् । आज इटहरी उपमहानगरपालिकाको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने बताएका हुन् ।

त्यस्तै अध्यक्ष ओलीले सरकारमा बाँडीचुडी खान नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दलले गठबन्धन गरेको आरोप लगाएका छन् । यसका साथै उनले वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर पाँच दलले गठबन्धन गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले खाएर, चुसेर ढाडिएकाहरुले गठबन्धन गरेको टिप्पणी गर्दै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोपसमेत लगाएका छन् ।

काङ्ग्रेसको घोषणा–पत्रमा मान्छे देखिने तर, एमालेको घोषणा पत्रमा विकास देखिने बताउँदै इटहरीको विकासको जिम्मा आफूले लिने उल्लेख गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरीको विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस् ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.