Advertisement

खानेपानी र फोहर व्यवस्थापन प्राथमिकतामा

0 228

Advertisement

१८ बैशाख, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवारले बनेपालाई विशेष गरी खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बनेपा नगरपालिकाको प्रमुख पदका उम्मेदवार बन्नुभएका पाँच दलीय सत्तागठबन्धनका तर्फबाट शान्ति रत्न शाक्य र नेकपा एमालेका तर्फबाट रत्नकुश रञ्जितकारले खानेपानीको समस्या समाधान, फोहरमैला व्यवस्थापन र डुवानमुक्त सहर बनाउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुखका उम्मेदवार शाक्यले आफू निर्वाचित भएपछि बनेपालाई व्यवस्थित सहरको रुपमा विकास गर्ने, बजार क्षेत्रको राजमार्ग सफा गर्ने र फोहरमैलाको उचित व्यवस्थापनको योजना अगाडि सार्ने बताउँदै खानेपानी र डुवानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बनेपालाई पर्यटन र कृषि सहरको रुपमा विकास गर्नेलगायतका विषयलाई समेटेर काम गर्ने बताउँदै उहाँले यो सहरलाई प्रविधिकयुक्त बनाइने, बनेपाका बाक्लो बस्तीमा निःशुल्क वाइफाइ सेवा पु¥याउने, पुरानो सम्पदाको संरक्षण र सडक व्यवस्थापनलाई प्रमुख प्राथमिकता राखेर काम गर्ने उल्लेख गर्नुभयो । उहाँले बनेपा नगरकोट पर्यटकीय सडकलाई विशेष प्राथमिकतामा राखिने उल्लेख गर्दै कृषि र पर्यटक क्षेत्रको पूर्वाधार विकासमा आफूले जोड दिइने बताउनुभयो ।

त्यस्तै नगरप्रमुख पदका अर्का उम्मेदवार रञ्जीतकारले चार महिनाभित्रमा खानेपानी समस्या समाधान गर्ने र छ महिनाभित्रमा फोहरमैला व्यवस्थापनअन्तर्गत घरबाट नै फोहर कम उत्पादन गर्ने खालको नीति ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डुवानमुक्त तथा धुलो, धुवाँ, हिलो र ध्वनी प्रदूषणमुक्त सहर बनाउने उल्लेख गर्दै आर्थिक रुपमा सबल र सक्षम सहरको रुपमा यसलाई विकास गर्ने योजना सुनाउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.