Advertisement

काठमाडौँ महानगरपालिका –४ को वडाअध्यक्षका उम्मेद्धार रामप्रसाद न्यौपाने को हुन् ?

0 474

Advertisement

१८ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ४ को वडाअध्यक्षमा रामप्रसाद न्यौपानेले उम्मेद्धारी दिनुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा न्यौपानेले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएको हो । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापतिसमेत रहनुभएका न्यौपाने विभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

न्यौपाने विस २०३३ सालदेखि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बस्दै आउनुभएको छ । उहाँ सोही क्षेत्रका स्थायी बासिन्दा हुनुहुन्छ । निरन्तर २० वर्षदेखि काँग्रेसबाट वडाको विभिन्न पदमा रहेर काम गर्नुभएका न्यौपाने कामपा वडा नं ४ को दुई कार्यकाल सचिव भएर काम गरिसक्नुभएको छ ।

विस २०४७ सालमा शंकरदेव क्याम्पसमा नेविसंघको सदस्य भएर काम गर्नुभएका न्यौपाने पार्टीको १३ औँ महाधिवेशनमा पनि सोही वडाको सभापति निर्वाचित हुनुभएको थियो ।

उहाँ सामुदायिक सेवा केन्द्र टुँडालदेवीको समेत अध्यक्ष हुनुहुन्छ । काठमाडौँ महानगरपालिका वडा नं ४ मा काठमाडौँको मुटु वालुवाटार, चण्डोल, धुम्बाराही, चुनदेवी, टुँडालदेवीलगायतका क्षेत्रहरु पर्दछ ।

उक्त क्षेत्रमा काँग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री थापा खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेद्वारी दिनुभएको छ । उक्त क्षेत्रमा १६ हजारभन्दा बढी मतदाता रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.