Advertisement

पत्रकार न्यौपानेलाई रु एक लाख सहयोग

0 190

Advertisement

१३ वैशाख, काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई रु एक लाख सहयोग गरेको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहनुभएका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना हुनुभएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो । इन्जाले विपद्मा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.