Advertisement

बगरमा सामूहिक खरबुजा खेती, राम्रो आम्दानीले किसान खुसी

0 571

Advertisement

०८ वैशाख, दाङ । पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।

यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक रुपमा सफल र सवल बनाएका छन् ।

लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगरको दक्षिणतर्फको जमिनमा अहिले हरियाली छाएको छ । यतिखेर सो जमिनमा खरबुजाका लदाबदी फलेका छन् ।

अहिले टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दै छ । ग्राहकहरुले बोटमै गएर किन्छन् र आनन्द लिन्छन् । ग्राहकहरु आफैले टिपेर किन्न त्यहाँ पुग्ने गर्दछन् ।

तिनै पौरखी किसानमध्येकी एक हुन् ४९ वर्षीया सनकुमारी चौधरी । बलरामपुर गाउँकी उनी पनि अहिले बालुवामै खरबुजा फलाउन व्यस्त छिन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरु बेमौसमी तरकारीको पनि खेती गरेका छन् । उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन् ।

लमही नगरपालिका–४ को सिम्रहवामा बस्दै आएकी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन् । उनले भनिन् “पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई विचल्ली नै पा¥यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्ने, घरखर्च चलाउने र यतिमात्र नभएर छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ । ”

पछि राप्ती नदीले आफनो धार परिर्वतन ग¥यो । त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो । त्यसपछि सबै गाउँलेले सल्लाह गरेर यो खेतीको कार्यक्रम बनाएको चौधरीले सुनाइन् ।

ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ । सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफै लखपति भएका छन् । उनीहरु आफैले मनग्य आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा गरेका छैनन् ।

चौधरीको छ जनाको परिवार छ । छोराछोरी पढ्न जान्छन् तर चौधरीका अरु सबै परिवार यही बगरको खेतीमा हुन्छन् । दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारी छन् ।

उनीहरुको आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारीले बताइन् । बेमौसमा पानीको समस्या हुने भएकोले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गरेका छन् । खोलाको पानी बोकेर ल्याई सिँचाइ पु¥याउने गरेको उनले सुनाइन् ।

स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी सस्थाले बगरखेतीको लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ । तर त्यो पर्याप्त नभएकाले आफूहरुले नै मल बीउ किनेर खेती गरिरहेको किसानको भनाइ छ । आफूहरुले रमाएर खेती गरिरहेको किसान सुनाउँछन् ।

सोही ठाउँकी रीता चौधरीले पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफुहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । “सुरुमा त निराश पनि भयौँ । हामीले यो बालुवामा केही फलाउन सकौँला जस्तो पनि लागेको थिएन । तर अहिले भने आफ्नो मुख्य आम्दानी नै यही भएको उनीहरुको अनुभव छ । मासिक सबै खर्च पुर्याएर केही थोरै भए पनि बचत गर्न पाउँदा खुसी लागेको उनीहरु सुनाउँछन् ।

तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको उनले बताइन् । सबै खर्च कटाएर एक मौसममा रु एक लाखदेखि डेढलाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ । उनले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गरिदिए यहीँ नै ठूलै आम्दानी गर्न सकिने बताइन् ।

लमही नगरपालिका– ४ की ३७ वर्षीया माया चौधरीले पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताइन् । उनले पनि एक बिघा जमिनमा खरबुजा र एक बिघा जमिनमा बोडी, लौका फर्सी, भण्टा ,काँक्रा लगाएकी छिन् । उनले पनि एक मौसममा रु डेढ लाख जति आम्दानी भएको सुनाइन् ।

लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले दुई हजार भन्दा बढी किसानले बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित भएका छन् ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका दुई हजार १८ जना किसानले १०२ वटा समूह बनाएर सामूहिक बगर खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.