Advertisement

कृषकलाई कृषि सामग्री तथा औजार वितरण

0 322

Advertisement

३० चैत, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । व्यावसायिक कृषकलाई नगरप्रमुख कमलप्रसाद भुसालले कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सामग्री वितरण गर्दै गोरु पाल्ने झन्झटबाट मुक्त हुन तथा छिटो समयमा काम गरी उत्पादन बढाउन कृषकलाई आग्रह गर्नुभयो । व्यावसायिकरूपमा खेती किसानी गर्ने कृषकलाई नगरपालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने नगरप्रमुख भुसालको भनाइ छ ।

वातावरण व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

उक्त नगरपालिकामा वातावरण व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा प्रदूषण मापन कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको आयोजना र स्टार ट्रेड एण्ड इञ्जीनियरिङ प्रालि नयाँबानेश्वरको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख भुसालले फोहरमैला व्यवस्थापनसम्बन्धी कार्य सबैभन्दा चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले विकास निर्माणका काम गर्दा वातावरण प्रदूषण हुने भएकाले सबैलाई रुखबिरुवा रोप्न आग्रह गर्नुभयो ।

सन्धिखर्कको वायु प्रदूषणको अवस्था के छ भनेर जाँच गर्न ‘हाई भोल्युम इयर स्याम्पलर’ मेसिनबाट मापन सुरु गरिएको स्टार ट्रेड एण्ड इञ्जीनियरिङ प्रालिका निर्देशक उदय भट्टराईले बताउनुभयो । संस्थाले देशका विभिन्न नगरपालिका र गाउँपालिकामा नीति निर्माणमा काम गरिरहेको निर्देशक भट्टराईको भनाइ छ ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुरकुमार विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वातावरणविद् डा विकास अधिकारी, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अशोक खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, संस्थाका तालिम संयोजक मीना बस्याललगायतले मन्तव्य राख्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.