Advertisement

मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

0 170

Advertisement

१७ चैत, पर्सा । वीरगञ्ज महानगरपालिका-१४ बस्ने ३८ वर्षीय दिनेश प्रसाद राउतको ना.३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२५ बस्ने २० वर्षीय आकाश कुमार पटेल, २८ वर्षीय दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका-२० बस्ने २९ वर्षीय मनिर मियाँ अन्सारी रहेका छन् ।

चैत ४ गते राति वीरगञ्ज महानगरपालिका-२५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी गरी ना.२५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका-२० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी वीरगञ्ज महानगरपालिका-१ बस्ने २४ वर्षीय सन्जु रामको प्रदेश २-०३-०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्हवी नगरपालिका-१ बस्ने २३ वर्षीय अच्छेलाल चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२ स्थित सडकमा पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकलको लक तोडी चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-३ छप्कैयाबाट फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.