Advertisement

उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी

0 344

Advertisement

०४ चैत, म्याग्दी । जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो ।

परीक्षणका लागि दुई वर्षअघि हरियाली समूहले भित्र्याएको यो प्रविधि जिल्लाका अन्य कृषकले पनि अपनाउन थालेका छन् ।

बेनी नगरपालिका–१ रत्नेचौरको हराभरा कृषि फार्मका सञ्चालक निरबहादुर थापाले पानीपानीले धेरै ठाउँमा थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको बताउनुभयो । “ट्याङ्कीमा सङ्कलन गरिने पानीलाई पाइपबाट बिरुवाको जराजरामा पु¥याउँदा ९० प्रतिशत पानीको सदुपयोग हुन्छ,” उहाँले भन्नुभयो “बिरुवालाई आवश्यक पर्ने तत्व पानीमा मिसाएर पाइपबाट बिरुवालाई दिन सकिन्छ ।”

अनावश्यक ठाउँमा पानी नजाँदा झारपात नआउने, मल सबै बालीले मात्र उपयोग गर्न पाउने, झारपात गोडमेल गर्दा हुने समयको बचत भएको थापाले बताउनुभयो । उहाँले गत वर्ष कृषि ज्ञान केन्द्र म्याग्दीको अनुदान सहयोगमा पाँच रोपनी जमिनमा थोपा सिँचाइ र मल्चिङ प्रविधिबाट तरकारी खेती गर्नुभएको थियो ।

२० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका थापाले जमिनमा प्लास्टिकले छोपेर गरिने मल्चिङ प्रविधिले झारपात उम्रन नदिने, मल नड्ढ्ने, तापक्रम सन्तुलित हुने, बिरुवा छिटो हुर्कने, बढ्ने र उत्पादन बढेको अनुभव सुनाउनुभयो । मल्चिङ र थोपा सिँचाइ प्रविधिका लागि कृषि ज्ञान केन्द्रले थापाको फार्मलाई गत वर्ष खुल्ला जमिनमा प्राङ्गारिक खेती कार्यक्रममार्फत रु एक लाख अनुदान दिएको थियो ।

बेनी –४ सिङ्गामा हरियाली समूहले सञ्चालन गरेको कृषि फार्मको तरकारी खेतीमा दुई वर्षअघि थोपा र मल्चिङ प्रविधि भित्र्याएका थिए । बेनी नगरपालिका–५ डडुवाका कृषकले पनि प्लास्टिक घरभित्र गोलभेँडा खेती गर्न थोपा सिँचाइ प्रविधि अपनाएका छन् ।

परम्परागतको तुलनामा थोपा सिँचाइबाट दसदेखि बीस प्रतिशत उत्पादन बढाउन सकिएको डडुवाका कृषक प्रेम भण्डारीले बताउनुभयो । गोलभँेडा, काउली, बन्दा, ब्रोकाउली, घिराँैला, सिमी, करेलालगायत लहरेबालीका लागि थोपा सिँचाइ प्रभावकारी हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

“गत वर्ष रत्नेचौर र हिदीमा गरिएको थोपा र मल्चिङ प्रविधि प्रभावकारी देखिएपछि विस्तार हुन थालेको छ,” उहाँले भन्नुभयो “नयाँ प्रविधिको विकास र विस्तारमा कार्यालयले प्राथमिकता दिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.