Advertisement

रघुगङ्गामा सामूहिक आलुखेती विस्तार

0 538

Advertisement

०४ चैत, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा सामूहिक आलुखेती विस्तार गरिएको छ । रघुगङ्गाको वडा नं १ बेग, वडा नं २ भगवती, वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ कुइनेमङ्गलेका कृषक समूहलाई अनुदानमा बीउ, मल र प्राविधिक सहयोगमा सामूहिक आलुखेती विस्तार गरिएको छ ।

हरेक कृषक समूहले कम्तीमा २०० रोपनी जग्गामा लगाउने सम्झौतासहित पाँच ब्लक बनाएर गाउँपालिकाबाट सामूहिक आलुखेती कार्यक्रमलाई कार्यान्वयन गरिएको कृषि शाखा संयोजक सविना शर्माले जानकारी दिनुभयो । गाउँपालिकाको रु ३० लाख र कृषक समूहबाट रु ३० लाख बराबरको श्रमदानसहित रु ६० लाख लागत अनुमानको बजेटबाट रघुगङ्गामा आलुखेती लगाउने अभियान सञ्चालन गरिएको छ ।

सामूहिक आलुखेतीलाई प्रभावकारी बनाउन एक ब्लकमा रु १२ लाखको कार्यक्रमअन्तर्गत गाउँपालिकाको रु छ लाख र कृषक समूहको रु छ लाखसहितको योजनाअनुसार आलु ब्लक कार्यान्वयन गरिएको कृषि शाखाले जनाएको छ ।

निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन आलु ब्लक खेती विस्तार गरिएको कृषि शाखा संयोजक शर्माले बताउनुभयो । उक्त कार्यक्रमअन्तर्गत रघुगङ्गा–२ रिसिन चौतारीस्थित बरखर्क कृषि समूहमा आबद्ध २४ कृषकले सामूहिकरुपमा २०० रोपनी जग्गामा आलुखेती गरेका छन् । समूहमा आबद्ध सदस्यले सामूहिकरुपमा खेती लगाएका हुन् ।

गाउँमा निर्वाहमुखी खेतीमा सीमित रहेको जमिनलाई भाडामा लिएर गाउँपालिकाबाट मिनिटेलर र प्राविधिक सहयोगमा कृषक समूहको सक्रियतामा २०० रोपनी जग्गामा आलु विस्तार गरिएको बरखर्क कृषक समूहकी कोषाध्यक्ष देवी कटुवालले बताउनभयो । “

कृषक समूहबाट ६५ रोपनीमा र समूहमा आबद्ध कृषकले व्यक्तिगतरुपमा १३५ रोपनी जग्गामा आलु लगाएका छौँ, यसले यस क्षेत्रलाई आलु पकेट क्षेत्रको रुपमा विकास गर्न सघाउने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.