Advertisement

देश विकासका लागि एमसिसी स्वीकार गरियो : महामन्त्री शर्मा

0 286

Advertisement

२८ फागुन, बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसिसी) लिइएको बताउनुभएको छ ।

कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताउनुभयो ।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसिसी स्वीकार गरिएको हो”, उहाँले भन्नुभयो, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसिसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।”

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसिसीको पक्षमा उभिएको उहाँको तर्क छ । “एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उहाँले भन्नुभयो, “यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.