Advertisement

थाहा नगरका किसानलाई मिनिटिलर प्रदान

0 399

Advertisement

१० फागुन, बागमती । कृषिमा यान्त्रिकरण गर्ने र लागत खर्च घटाउने उद्देश्यले मकवानपुर जिल्ला अन्तर्गत रहेको थाहा नगरपालिकाका किसानलाई ३६ वटा मिनिटिलर वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यावन्यन एकाइ मकवानपुरको आयोजनामा थाहानगरका किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको सो परियोजनाले जननाएको छ ।

कृषि सहकारी, किसान समूह तथा व्यक्तिगत कृषिफर्ममा आवद्ध किसानलाई अनुदानमा मिनिटिलर वितरण भएको हो । थाहा नगरपालिका–४ का वडा सदस्य नारायण लामाको प्रमुख आतिथ्यतामा भएको सो वितरण कार्यक्रममा तरकारी जोन मकवानपुरका प्रमुख कृष्णप्रसाद पौडेलले कृषिमा यान्त्रिकरण गर्न र स्वरोजगारको सिर्जना गर्नका लागि जोन तत्पर रहेको बताउनुभयो ।

हाल तरकारी जोनले थाहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरि गाउँपालिकामा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.