Advertisement

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

0 225

Advertisement

१० फागुन, कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो ।

सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिनुभयो । कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकूदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उहाँले बताउनुभयो ।

महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेल हुनेछ । प्रतियोगीतामा कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिनुभयो । सो प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

म्यान अफ द सिरिजलाई रु पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई रु तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई रु तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.