Advertisement

स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

0 293

Advertisement

१८ माघ, मङ्गलबारे । सहयात्रा नामक संस्थाले इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सतर्कता अपनाउन आग्रहसहित इलामको रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

। अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई विभिन्न छ प्रकारका १८ थान स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसरी हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर एक थान, प्यासेन मनिटर एक थान, सक्सन मेसिन

एक थान, नेबुलाइजर एक थान पिपिइ सेट १० थान वितरण गरेको हो । त्यस्तै धोएर पनि प्रयोग गर्न मिल्ने (वासएबल) गाउन चार थान प्रदान गरिएको हो । गाउँपालिकामा एक कार्यक्रममा सहयात्रा नेपाल इलामका अध्यक्ष हेमकुमारी शिवाले गाउँपालिकाका अध्यक्ष शम्सेर राईलाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य सामग्री पालिकाको कोभिड अस्थायी अस्पताल इरौँटारलाई कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि प्रयोगमा ल्याउने अध्यक्ष शम्सेर राईले बताउनुभयो । यस्तै यस संंथाले यसअघि पनि जिल्लाका अन्य स्थानीय तहलाई सामग्री वितरण गर्दै आएको छ ।

गरिब र विपन्न वृद्धवृद्धालाई न्यानो कपडालगायत खाद्यान्नसमेत वितरण गर्दै आएको संस्थाका सविता पाण्डेले बताउनुभयो । उहाँले अब पनि अन्य स्थानीय तहलाई स्वास्थ्य सामग्री तथा विपन्नलाई सामग्री हस्तान्तरण गरिने बताउनुभएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.