Advertisement

पूर्वाधार विकासमा फड्को मार्दै खजुरा

0 240

Advertisement

१७ माघ, राँझा । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि आएपछि बाँकेको खजुरा गाउँपालिकाले विकासमा फड्को मारेको छ । वर्षात्मा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने अवस्थाका सडक मरमत भएका छन् ।

गाउँपालिकाभित्रका सडक कालोपत्रे, पीसीसी र ग्राभेल गर्ने कार्यसँगै गाउँपालिकाको मुहारनै फेरिएको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको यतिबेला स्तरोन्नति गर्ने काम भइरहेको छ । यहाँका सबैवडामा अहिले धमाधम सडक र नाली निर्माण भईरहेको छ ।

निर्वाचनको बेला जनतासँग गरेको प्रतिबद्धताअनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सबै सडक र नाला पक्की गर्ने कार्य सम्पन्न भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारीदिनुभयो । उहाँले अनुसार गाउँपालिकाले जन चाहना र आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य र सहायक सडक नाला पुनःनिर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण सुरु भएसँगै बजारको रुप पनि फेरिँदैछ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिदेखि धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु गाउँपालिकाले जनाएको छ । अहिले खजुरा गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेका छन् भने केही सडक स्तरोन्नति गर्ने कार्य भइरहेको खजुरा ४ नं वडाध्यक्ष तिलकवीर सुनारले बताउनुभयो ।

गाउँपालिकाले अघि सारेका विकास निर्माणका सबैजसो योजना समयमै सम्पन्न भएकाले गाउँपालिकामा विकास देखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको भनाइ छ । उहाँले अब वर्षामा गाउँपालिकावासीले डुबानको समस्या खेप्न नपर्ने गरी निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको दाबी गर्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.