Advertisement

श्रीमतीको हत्या गरी फरार

0 467

Advertisement

१० माघ, कैलाली । कैलालीमा गएराती एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका स्थानिय ४२ वर्षका परशुराम रोक्कामगरले ४० वर्सकी श्रीमती भावना रोक्कामगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीको भनाइ छ । फरार अभियुक्तको खोजी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.