Advertisement

चिनियाँ र इजरायली राष्ट्रपतिबीच बधाई आदानप्रदान

0 469

Advertisement

१० माघ, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले सोमबार इजरायली राष्ट्रपति इसाक हर्जोगसँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।

सीले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाएको र द्विपक्षीय सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरेको बताउनु भएको छ ।

“चीन र इजरायलले २०१७ मा एक व्यापक साझेदारी स्थापना गरेदेखि विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगले फलदायी नतिजाहरू ल्याएको छ । जसले दुई देशका जनतालाई लाभ भएको छ,” सीले भन्नुभयो ।

आफ्नो तर्फबाट हर्जोगले पनि ३० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको आदानप्रदान झन् नजिकिएर आपसी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भयो ।

“द्विपक्षीय सहयोगले अर्थतन्त्र, कृषि, स्वास्थ्य, पर्यटन र संस्कृति जस्ता क्षेत्रमा दुई देशका जनतालाई धेरै र दिर्घकालिन फाइदा पुगेको छ,” हर्जोगले भन्नुभयो ।

इजरायल र चीनबीचको व्यापक साझेदारीलाई आफूले उच्च मूल्याङ्कन गरेको कुरा उल्लेख गर्दै हर्जोगले आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धलाई थप प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताउनु भयो ।

सोमबार नै चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि आफ्ना इजरायली समकक्षी नाफ्ताली बेनेटसँग बधाई सन्देश आदानप्रदान गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

आफ्नो सन्देशमा बेनेटले ३० वर्षअघि दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाएपनि, विशेषगरी पाँच वर्षअघि बृहत् साझेदारीको स्थापना भएदेखि द्विपक्षीय सहयोग चौतर्फी रुपमा विकास भएको बताउनु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.