Advertisement

मेची अस्पताललाई भेन्टिलेटर

0 529

Advertisement

१० माघ, झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी छवि रिजाल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.टंक बारकोटीलाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्लामा कोभिड–१९ को तेस्रो भेरियन्टका कारण सङ्क्रमितको सङ्ख्या बढिरहेको हुँदा बिरामीलाई थप राहत पुग्ने उद्देश्यले अस्पताललाई भेन्टिलेटर सेट हस्तान्तरण गरिएको नरेसो जिल्लाका सभापति ढकालको भनाइ छ ।

उहाँले भेन्टिलेटर सेटलाई आवश्यक पर्ने ९० थान एक्सेसोरिज प्रदान गरिएको जानकारी दिनुभयो । अस्पतालमा यो सहित १८ वटा भेन्टिलेटर सेट भएका छन् ।

गुनासोपछि मेची अस्पतालमा पीसीआरको स्वाव सङ्कलन व्यवस्थित

मेची अस्पतालले आजदेखि पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गर्ने केन्द्रलाई सफा र फराकिलो स्थानमा सारेर व्यवस्थित गरेको छ । विगतमा स्वाब सङ्कलन गर्ने स्थान अव्यवस्थित र फोहर स्थानमा रहेको सर्वसाधारणको गुनासो आएपछि आजैदेखि अस्पतालको ओपिडी कक्ष अगाडि सारिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा टङ्क बाराकोटीले बताउनुभयो ।

उहाँले स्वाव सङ्कलनका लागि आउने सर्वसाधारणलाई भौतिक दूरी कायम गरेर पंक्तिबद्ध हुन र स्वास्थ्यकर्मीलाई स्वाव लिन सजिलो हुने गरी नयाँ स्थानको व्यवस्था गरिएको बताउनुभयो । डा.बाराकोटीले जिल्लामा कोभिड १९ को जोखिम बढिरहेको हुँदा अस्पतालमा दैनिक ७० जना बढीको पीसीआर परीक्षण गरिरहेको जानकारी दिनुभयो ।

यसअघि अस्पतालले स्वाब सङ्कलन गर्दै आएको स्थान साँघुरो, फोहर र अव्यवस्थित रहेको थियो । अस्पतालले विगतमा अनुपयुक्त भनेर प्रयोगमा नल्याएको जिर्ण भान्साकोठा, अस्पतालको प्रसूति गृह र आँखा उपचार कक्षका लागि प्रयोग हुँदै आएको शौचालयको सेफ्टी ट्याङ्की नजिक स्वाव सङ्कलन गर्दै आएको थियो । मेची अस्पतालले जिल्लामा दुई स्थान पीसीआर ल्याब सञ्चालन गर्दै आएको छ । एउटा अस्पतालमै र अर्को कनकाइ नगरपालिकास्थित कोटीहोममा सञ्चालनमा छन् । उहाँले हाल दुवै ल्याबमा गरी दैनिक २५० जनाको पीसीआर हुँदै आएको जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.