Advertisement

परियोजनाको समय लम्ब्याउनु हुँदैन : अर्थमन्त्री शर्मा

0 209

Advertisement

१९ पुस, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गर्नुभएको छ । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तरक्रियामा उहाँले सो आग्रह गर्नुभएको हो ।

आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उहाँले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गर्नुभएको हो । “एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको भनेर भर्खर जानकारी गराउनुभयो”, उहाँले भन्नुभयो, “यस्तो जानकारी समयमै हामीलाई गराउनुहोला । यसले सरकारलाई सहजीकरण गर्न र समस्याको समाधान गर्न छिटो अनि सहज हुन्छ ।”

फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने उल्लेख गर्दै उहाँले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताउनुभयो । “परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी बढ्ने हो । अर्को ढङ्गले भन्ने हो भने हामीलाई घाटा हुने हो । व्यावसायिक रूपले हेर्ने हो भने पनि समय बिल्कुलै लम्ब्याउनु हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले पुराना लगानीकर्तालाई थप लगानी गर्न उत्प्ररेणा जगाउने तथा नयाँ लगानीकर्तालाई समेत लगानीका लागि वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र त्यस्ता लगानीले मुलुकको विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उहाँले सरकारले उचित सेवा सुविधाको व्यवस्था गर्ने बताउनुभयो ।

लगानी बोर्डको उपाध्यक्षसमेत रहनुभएका मन्त्री शर्माले लगानी र आयोजनामा रहेका समस्या, अहिलेको अवस्था र समाधानका उपायसहितको टिपोट बनाएर दिन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई निर्देशन दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.