Advertisement

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

0 163

Advertisement

१९ पुस, काठमाडौँ । नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घले पार्टीको १४औँ महाधिवेशनबाट पुनः दोस्रोपटक पार्टी सभापति निर्वाचित हुनुभएकामा प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गर्नुभएको छ ।

सङ्घले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा कांग्रेसले सांस्कृतिक क्षेत्रलाई कहीँकतै प्रतिनिधित्व नगराइएको भन्दै उक्त क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण गराएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.