Advertisement

हत्या आरोपमा युवक पक्राउ

0 230

Advertisement

१३ पुस, बैतडी । इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ मा मृतावस्थामा फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरुबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।” प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.