Advertisement

बैंकहरुले टेर्न छाडेपछि सिडी रेसियोको कार्यान्वयनमा राष्ट्र बैंक थप आक्रामक, कर्जा प्रवाह ठप्प हुने

0 326

Advertisement

०२ पुस, काठमाडौं । बैंकहरुले क्षमता भन्दा बढि कर्जा विस्तार गर्न थाले सँगै राष्ट्र बैंक सिडी रेसियोको कार्यान्वयनमा थप आक्रामक देखिएको छ । मौद्रिक नीति मार्फत २०७८ असार मसान्त भित्र सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिएको थियो । तर बैंकहरुले असार भित्रमा कायम गर्नु पर्ने त हो नि भन्दै सिमा नघाएर कर्जा विस्तार गरिरहेका छन् ।

गत साउन अन्तिममा जारी भएको मौद्रिक नीति पछिका हरेक महिनामा बैंकहरुको सिडी रेसियो बढिरहेको छ । नीति अनुसार बैंकहरुले सिडी रेसियो ९० प्रतिशत भन्दा तल राख्नु पर्ने हुन्छ । तर अहिले बाणिज्य बैंकहरुको औषत सिडी रेसियो ९१.४९ प्रतिशत छ ।

हरेक महिनामा यस्तो अनुपात बढ्न थाले पछि राष्ट्र बैंकले बिहीबार बैंकहरुसँग मासिक रुपमा अनुपालना हुने गरि कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा ‘२०७९ असार मसान्तभित्र कर्जा निक्षेप अनुपात ‘सिडी रेसियो’ ९० प्रतिशतमा झारिसक्नु पर्नेछ’ भनेको थियो । तर हिजो बिहीबार सोही निर्देशनलाई थप तथा परिमार्जन गर्ने क्रममा ‘यसका लागि तोकिएको कर्जा निक्षेप अनुपातको अनुपालनाको लागि मासिक

रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेछ’ भनेको छ । यसै क्रममा २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ भनिएको छ ।

अवदेखि बैंकहरुले निर्धक्कका साथ मनलाग्दी कर्जा विस्तार गर्न नपाउने भएका छन् । उनिहरुले कर्जा विस्तार गर्नु अगाडी सिडी रेसियोलाई हेर्नु पर्नेछ । असार मसान्त भित्रको अन्मित मितिलाई मिचेर उनिहरु अगाडी बढ्न नपाउने भएका हुन् ।

मासिक रुपमा अनुगमन गर्नु पर्नेछ भन्ने वित्तीकै उनिहरुले अहिले नै अहिलेको सिमा भन्दा बाहिर गएर कर्जा विस्तार गर्न नपाउने भएका हुन् ।

राष्ट्र बैंकको यस्तो निर्देशनले लगभग कुनै पनि बैंकहरुले नयाँ कर्जा प्रवाह गर्नै नपाउने अवस्था शिर्जना हुने भएको छ । औषतमै ९१.४९ प्रतिशत पुगिसकेको हुँदा अधिकाम्सको ९० प्रतिशत भन्दा माथि छ । कतिपयको ९० प्रतिशत हाराहारीमा छ । त्यसैले गर्दा थप कर्जा विस्तार हुने अवस्था छैन ।

थप कर्जा विस्तार नहुने वित्तीकै बैंकिङ प्रणालीमा समस्या चुलिने भएको छ । बैंकहरुलाई पुर्ववत रुपमा एग्रिमेन्ट गरिसकेका कर्जाको निकासामा पनि समस्या देखिने भएको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.