Advertisement

समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र

0 345

Advertisement

२७ मंसिर, भजनी । कैलालीको भजनी प्राथमिक स्वस्थ्य केन्द्र भजनी नगरपालिकाको स्थानीयवासीका लागि मात्रै नभइ आसपासका स्थानीय तहका नागरिकको पनि उपचारका लागि एक मात्रै सुविधायुक्त स्वास्थ्य केन्द्र हो ।

भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट नागरिक उपचारका लागि भजनी प्राथमिक स्वस्थ्य केन्द्र पुग्ने गरेको भए पनि स्वस्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्या भएको छ । अहिले स्वस्थ्य केन्द्रको व्यवस्थापन समितिले १४ जना कर्मचारी करारमा र दुईजना ज्यालादारीमा राखेको छ ।

स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो । स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा सुवास स्वार बताउनुहुन्छ ।

स्वास्थ्य केन्द्रमा एकमात्र मेडिकल अधिकृतको दरबन्दी छ । त्यो पनि लामो समयदेखि खाली छ । केही वर्षदेखि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीले दुईवर्ष सरकारी स्वस्थ्य संस्थामा काम गर्नुपर्ने व्यवस्था अनुसार स्वास्थ्य केन्द्रमा आएका स्वास्थ्यकर्मीकै भरमा बिरामीले उपचार पाइरहेका छन् ।

अहिले स्वास्थ्य केन्द्रमा दुईजना मेडिकल अधिकृत छन् । त्यसमा पनि एकजना तालिममा छन् । एकजनले स्वास्थ्य केन्द्रमा २४ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको डा स्वारले बताउनुभयो ।

भजनीमा प्राइभेट क्लिनिक पनि छैन । स्वास्थ्य जाँचको लागि सबै नागरिकको माध्यम भनेकै भजनी प्राथमिक स्वास्थ्य केन्द्र मात्रै हो । त्यतिमात्र होइन, यदि स्वास्थ्य केन्द्रमा औषधि नपाए त्यो औषधिका लागि भजनी बाहिर जानुपर्ने बाध्यतामा भजनीवासी छन् । “बिरामीको सङ्ख्या अत्याधिक हुन्छ । जनशक्ति छैन ।

प्रसूति गृहमा पनि अवस्था त्यस्तै छ । महिनामा ५० भन्दा बढी गर्भवती आउछन्”, मेडिकल अधिकृत स्वारले भन्नुभयो, “सायद यो कैलालीकै एकमात्र स्वस्थ्य केन्द्र हो, जहाँबाट अस्पतालले दिने सबै सेवा दिएको छ । कर्मचारीको अभावका बाबजुद पनि ।” स्वास्थ्य केन्द्रले अहिले सर्पदंशको उपचार समेत गर्न थालेको छ । सर्पदंशले टोकेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।

स्वास्थ्य केन्द्रमा रहेको पुरानो शव परीक्षण कक्ष भने लामो समयदेखि बन्द रहेको छ । अहिले कुनै मान्छेको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि टीकापुर वा धनगढी पु¥याउनुपर्ने बाध्यताको भने अझै अन्त्य भएको छैन ।

केही वर्ष पहिले टीकापुरबाट पनि शव परीक्षणका लागि भजनी जानुपर्ने बाध्यता थियो । अहिले त्यो उल्टिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही समयका लागि सुरु गरिएको शव परीक्षणका काम स्वास्थ्यकर्मीकै अभावमा बन्द भएको मेडिकल अधिकृत स्वारले बताउनुभएको छ ।

“सबैभन्दा विवादित हुने कुरा नै शव परीक्षणका रिपोर्ट हो । त्यसको लागि छुट्टै तालिम लिनुपर्छ । त्यो तालिम स्वास्थ्य केन्द्रमा कार्यरत कसैले पनि लिएका छैनौं”, स्वारले भन्नुभयो,“हचुवाको भरमा गरेको शव परीक्षणका रिपोर्टले धेरै समस्या पार्न सक्छ ।

त्यसमा पनि राजनीतिक आडमा हुने घटनामा झनै जोखिम हुने गरेको छ ।” उहाँले केही दिनमा दुईजना थप मेडिकल अधिकृत भजनी प्राथमिक स्वस्थ्य केन्द्रमा आउने बताउँदै एकजनालाई शव परीक्षणको तालिमका लागि काठमाडौँ पठाउने र शव परीक्षण घरलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउने बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.