Advertisement

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलहरु हुदै

0 570

Advertisement

२१ मंसिर, एजेन्सी । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’का खेलहरू हुँदैछन् । आज राति समूह ४ का ८ खेल हुँदैछन् ।

समूह ‘ए’ को खेलमा पेरिस सेन्ड जर्मेन पीएसजीले क्लब ब्रुगको सामना गर्दा यसै समूहको आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल नेपाली समयअनुसार राति साडे ११ बजे हुनेछ ।

समूह ‘ए’ बाट सिटी १२ अंकसहित विजेता तथा पीएसजी ८ अंकसहित उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाइ सकेका छन् । लाईपजिग र क्लब ब्रुग समान ४ अंक बनाउँदा प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

राति नै हुने समूह ‘बी’ को खेलमा एफसी पोर्टोविरुद्ध एट्लेटिको म्यड्रिड प्रतिस्पर्धा गर्दा एसी मिलान र लिभरपुल भिड्ने छन् । दुबै खेल नेपाली समय अनुसार पौने २ बजे सुरू हुनेछ ।

समूह ‘बी’ बाट लिभरपुलले १५ अंकसहित यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । यता, नक आउट चरणका लागि ५ अंक जोडेको पोर्टो, समान ४ अंक जोडेका एसी मिलान र एथ्लेटिको म्यड्रिड तीनै वटाको सम्भावना उत्तिकै छ ।

दुबै खेल बराबरीमा सकिए पोर्टोले उपविजेताको रुपमा प्रि(क्वाटरफाइनलमा स्थान बनाउनेछ । यदि लिभरपुलसँग मिलान पराजित भए वा पोर्टो र एथ्लेटिकोबीचको खेलमा हार जित भए जित्नेटिम अन्तिम १६ मा पुग्नेछ ।

समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सीपीको सामना गर्दा बोरुसिया डर्टमुन्डले बेसिक्ताससँग खेल्नेछ । यी दुबै खेल नेपाली समयअनुसार पौने २ बजे नै सुरू हुने छन् । समूह ‘सी’ बाट १५ अंक बनाएको आयाक्स र ९ अंक बनाएको स्पोर्टिङ सीपीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

यता, ६ अंकको डर्टमुन्ड र विना कुनै अंक पुछारमा रहेको बेसिक्तास समूह चरणबाटै बाहिरिसकेको छन् । समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टरमिलानसँग तथा सख्तर डोनेस्कले एफसी सेरिफसँग प्रतिस्पर्धा गर्नेछ । यी खेल पनि राति पौने २ बजे नै हुनेछ ।

समूह ‘डी’ बाट १२ अंकको रियल र १० अंकको इन्टरले अन्तिम १६ मा स्थान बनाउँदा ६ अंकको सेरिफ र १ अंकको सख्तर समूहबाटै बाहिरिसकेका छन् । अन्य समूहको खेल बुधबार राति हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.