Advertisement

खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ : मुख्यमन्त्री पोखरेल

0 794

Advertisement

१२ मंसिर, नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड फुटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ ।

“खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँछ । खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय छ । यसका पूर्वाधार विकासमा लगानी बढाइने छ”, उहाँले भन्नुभयो “ आगामी वर्षमा नारायणी नदीमा तटबन्धनलाई बजेट छुट्याइने र गैँडाकोटको थप पूर्वाधार विकासमा थप जोड दिइने छ ।”

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले गैँडाकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा चिनाउन पनि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले भन्नुभयो “नगर क्षेत्रको खेलमैदान र अन्य विकासका लागि संघीय र प्रदेश सरकारबाट सहयोग आवश्यक छ ।” प्रतियोगिता एभरेष्ट युवा क्लब गैँडाकोटका आयोजनामा सञ्चालन गरिएको हो ।

खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न क्लबले खेलकुदका प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष मानबहादुर सुनारी मगरले जानकारी दिनुभयो । शनिबारदेखि सुरु भएको खेलमा गैँडाकोट नगरका १७ वडास्तरीय फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता विजेतालाई रु ३० हजार र ट्रफी तथा उपविजेतालाई रु २० हजार र ट्रफी प्रदान गरिने अध्यक्ष मगरले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.