Advertisement

कुवेतमाथि नेपालको सहज जित

0 318

Advertisement

०९ मंसिर, काठमाडौं । आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् । इन्दु बर्मा ८ बलमा १ चौका सहित १३ रनमा अविजित रहिन् । ओपनर सीता राना मगर शून्यमा आउट भएकी थिइन् ।

त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भएको थियो । कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका ७ खेलाडीले खाता खेल्न सकेनन् ।

तीव्र गतिकी बलर सरस्वती कुमारी चौधरीले दोस्रो ओभरको पहिलो बलमा जिफा जिलानीलाई शून्यमा कविता जोशीबाट क्याच गराएकी थिइन् । पाँचौं ओभरको पहिलो बलमा मुरली १० रनमा रन आउट भइन् । मुरली रन आउट हुँदा कुवेत १२–२ को अवस्थामा थियो । त्यसपछि कुवेतले निरन्तर विकेट गुमाउन पुग्यो ।

कप्तान अम्ना तारिकलाई स्पिनर करुणा भण्डारीले ७ रनमा कट एण्ड बोल्ड आउट गरिन् । करुणालेनै मरिवा जैस्वीलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरेकी थिइन् । खाजिजा खलिल, सिओभान गोमेज र मरियम हैदरले खाता खोल्न सकेनन् । एक समय ९.५ ओभरमा २४–४ को अवस्थामा रहेको कुवेतले बाँकी ४ रन जोड्न ६ विकेट गुमाएको थियो ।

नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । नेपाललाई अव शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ । शीर्ष स्थानमा रहेर अगामी वर्ष हुने टि२० ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुबै खेलमा सानदार जित हात पार्नुपर्ने हुन्छ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ शीर्षस्थानमा छ । युएई २ खेलमा ४ अंकका साथ नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ । मलेसिया, हङकङ र भुटान समान २ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.