Advertisement

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

0 294

Advertisement

०५ कात्तिक, मान्म । कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताउनुभयो । “आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “बिरामीको चाप पनि बढ्दै गएको छ ।” अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।

“अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ । आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा सुनारले बताउनुभयो ।

कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.