Advertisement

आजकाे माैसम जानकारी, हिमाली भू-भागमा हिमपातको सम्भावना

0 387

Advertisement

०५ मंसीर, काठमाडाैं । जल तथा माैसम पूर्मानुमान महाशाखाका अनुसार हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

अहिले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । वाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.