Advertisement

दिल्लीमा प्रदुषणको खतरा बढेसंगै स्कुल र सरकारी अफिस बन्द

0 418

Advertisement

०५ मंसी, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नागरिकहरुलाई केही समय राहतको सास फेर्न दिने भन्दै सरकारले एक हप्ताका लागि स्कुललगायत सबै सरकारी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । यसमा निजी अफिसहरुलाई पनि घरबाटै काम गर्न भनिएको छ ।

सडकमा सवारी साधनको सङ्ख्या घटाउनका लागि यस्तो गर्न लागिएको हो । यसले गाडीबाट निस्कने धुँवाले वायु प्रदुषणमा पुग्ने योगदान कम गराउने उनीहरुको अपेक्षा छ । त्यस्तै निर्माण कार्य सम्बन्धी गतिविधि पनि निषेध गरिएको छ जसले धुलोको प्रदुषण कम गर्नेछ ।

स्कुल बन्द भए पनि अनलाइन क्लास जारी रहने बताइएको छ जसले बालबालिकाहरुको पढाइमा कुनै असर पुर्याउने छैन । महामारीका कारण स्कुलहरु लामो समय बन्द रहँदा विद्यार्थीहरले पहिले नै धेरै पढाइ गुमाइसकेका छन् ।

दिल्लीका मुख्य मन्त्रीले शनिबार बेलुका घोषणा गर्दै अहिलेका लागि पूर्ण लकडाउनमा नगएको तर छोटो समयसम्म सबै बाहिरी क्रियाकलाप बन्द गर्ने सम्बन्धी योजना बनिरहेको बताएका हुन् ।

हाल दिल्ली सरकारले छोटो समयका लागि शहर लकडाउन गर्ने सम्बन्धी प्रस्ताव सर्वोच्च अदालतमा पेश गरिरहेको छ ।

अहिलेका लागि चाहिँ दिल्लीलाई दुई दिन पूर्ण लकडाउन गर्नेबारे विचार भइरहेको छ ।

दिल्लीको हावाको गुणस्तर यतिबेला अत्याधिक खराब स्थितिमा रहेको छ । धुँवा धुलोले सास फेर्न र आँखा हेर्न मुस्किल बनाइदिएको छ । टाइम्स अफ इन्डिया



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.