Advertisement

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

0 617

Advertisement

२६ कातिक, चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो ।

जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्न भएका सीताराम बस्नेत र दिलीप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरुलाई भीमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरी हत्या गरेको आरोप थियो । भरतपुर–४ दुर्गाचोक नजिक दुर्गा मन्दिरअगाडि कुटपिटपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अन्ठाउन्न वर्षीय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेका बस्नेत र श्रेष्ठलाई आवेश प्रेरित ज्यान मुद्दा दर्ता भएको थियो ।

आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु एक लाख जरिवाना माग दाबी गरिएको थियो । आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि विकको शव अझै उठ्न सकेको छैन । दलित अभियानकर्मीहरूले जातीयताका आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.