Advertisement

खराब सेवा प्रवाहका कारण प्रदेश २ मा स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा कमजोर

0 817

Advertisement

१३ कात्तिक, काठमाडौँ । प्रदेश २ मा स्वास्थ्य बीमा कार्यक्रममा भर्ना हुनेको संख्या सबैभन्दा न्यून रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि देशभर गरिएको कूल नामांकनमध्ये प्रदेश २ ले जम्मा ४.४८ प्रतिशत मात्र ओगटेको छ । स्वास्थ्य बीमा बोर्डको डिजिटल सूचनापाटीमा उपलब्ध कात्तिक १२ गतेसम्मको तथ्याङ्क अनुसार नेपालमा स्वास्थ्य बीमा कार्यक्रममा जम्मा ४५,१६,६९४ भर्ना भएका छन् । यीमध्ये प्रदेश २ मा जम्मा २ लाख २ हजार ३५६ जनाले मात्र स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएका छन् ।

बोर्डका अनुसार प्रदेश २ का आठ जिल्लामध्ये बारा र सर्लाहीमा कार्यक्रमका लागि सबैभन्दा न्यून संख्यामा सहभागी भएका छन् । बारा र सर्लाहीमा क्रमशः १ हजार ३ सय २७ र ४ हजार ७९० जना सहभागी भएका छन् ।

प्रदेश २ का यी दुबै जिल्लामा सरकारी र निजी दुबै क्षेत्रको स्वास्थ्य पूर्वाधार र सेवा दुबै दृष्टीकोणले अत्यन्तै कमजोर छ । बारा र सर्लाहीका अधिकांश सर्वसाधारण स्वास्थ्य परीक्षण वा उपचारका लागि जनकपुर वा वीरगन्ज धाउनुपर्ने बाध्यता छ । बीमा कार्यक्रममा भर्ना भएका व्यक्तिहरूको संख्याको हिसाबले, सिराहा जिल्लाले प्रदेश २ अन्तर्गतका अन्य सात जिल्लाहरुमा भन्दा बढी छ । सिरहाबाट ६३ हजार ९४१ जना सहभागी छन् ।

दोश्रो स्थानमा रहेको पर्सामा ३७ हजार ५४४ सहभागी भएका छन् । प्रदेश सदरमुकाम धनुषा कुल सहभागी संख्याका आधारमा छैठौं स्थानमा छ । प्रदेशभरमै पर्सामा सबैभन्दा धेरै अस्पताल र मेडिकल कलेज भए पनि सहभागी संख्याको हिसाबले सिराहाभन्दा तल छ । पर्सामा नेशनल मेडिकल कलेज, केडिया डेन्टल कलेज, नारायणी क्षेत्रिय अस्पताल, केडिया आँखा अस्पताल, जिल्ला आयूर्वेद अस्पतालको साथै निजी क्षेत्रको लगानीका साना ठूला दर्जनौं अस्पतालहरु संचालनमा रहेका छन् ।

स्वास्थ्य बिमा सुविधा पाउन भोग्नुपर्ने कष्ट र औषधिको अभाव नै स्वास्थ्य बीमा कार्यक्रम पहुँचमा भएर पनि पहुँचबाहिर भएजस्तो छ, प्रदेश २ का सर्वसाधारणको लागी । चिकित्सकले सिफारिस गरेका औषधिहरु अस्पतालको औषधी पसलमा लामो समयसम्म उपलब्ध हुँदैन । बाहिरबाट खरिद गरेर ल्याइएको औषधिवापतको खर्च रकम भुक्तानी पाइदैन ।

स्वास्थ्य बीमा बोर्डले ५ जना सदस्य रहेको परिवारको लागी प्रति परिवार ३ हजार पाँच सय सेवा शुल्क लिएर १ वर्षको लागी स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत प्रति व्यक्ति २० हजार रुपैयाँको दरले तोकिएको औषधोपचारको सुविधा पाइने प्रावधान रहेको छ ।

यसबाहेक प्रति व्यक्ति थप ७ सय रुपैयाँ भुक्तानी गरेर पाँच जनाभन्दा बढी परिवारका सदस्यलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउन सकिन्छ । साथै ज्येष्ठ नागरिकको हकमा भने स्वास्थ्य बीमा कार्यक्रम निःशुल्क उपलब्ध गराइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.