Advertisement

गरिमामा विलिन हुँदै सहारा विकास बैंक, कातिक २८ देखि एकिकृत कारोबार

0 235

Advertisement

१३ कार्तिक, काठमाडाैँ । गरिमा विकास बैंकले एक्वायर गरेको सहारा विकास बैंक कात्तिक २८ गतेदेखि गरिमामा विलिन हुने भएको छ । सहारालाई एक्वायर गरेको गरिमाले गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो।

गरिमा विकास बैंकको भदौ १५ गते र सहाराको भदौ १२ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले सो एक्विजिशनको प्रस्ताव पारित गराएका थिए भने नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते एक्विजिशनका लागि अन्तिम स्वीकृति दिएका थिए ।

गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो। गरिमा राष्ट्रियस्तरको विकास बैंक हो। सहारा सर्लाहीमा मात्र रहेको एक जिल्ले विकास बैंक हो।

प्राप्तिपश्चात बैंकको केन्द्रिय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ। बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.