Advertisement

उपराष्ट्रपति पुनद्वारा महासचिव वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी

0 299

Advertisement

०२  कात्तिक, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य ९किरण० लाई अस्पतालमा भेटेर उहाँको स्वास्थ्यबारे जानकारी लिनुभएको छ । दमको समस्या बढेपछि उहाँ उपचारका लागि आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले महासचिव वैद्यको स्वास्थ्यका बारेमा उहाँको उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको थियो ।

महासचिव वैद्यको आइतबार स्वास्थ्यमा समस्या देखिएको भए पनि सोमबारदेखि सुधारोन्मुख रहेको चिकित्सकले जानकारी दिएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सकले बुधबारसम्ममा अवस्था सामान्य भएमा उहाँ ‘डिस्चार्ज’ हुनसक्ने जानकारी दिएका छन् ।

यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.