Advertisement

जितीया पर्व २०७८ को अवसरमा शुभकामना : डा.प्रकाशशरण महत

0 679

Advertisement

१३ असोज, काठमाडौं । जितीया पर्व २०७८ को अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालको तराई र मधेशका मैथिल र थारु समुदायका महिलाहरुले हर्षोल्लासपूर्वक मनाउने जितीया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका यस समुदायका समस्त दिदीबहिनीहरुमा सुस्वास्थ्य,दीर्घायु,सुख–शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिकोलागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

आफ्ना सन्ततिको सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति,समृद्धि र प्रगतिको लागि मनाइने यस पर्वले परिवार र समुदायमा आपसी प्रेम र सद्भाव अभिबृद्धि गर्दै सामाजिक एकता बलियो बनाउने मैले विश्वास लिएको छु ।

परापूर्वकालदेखि अबलम्बन गरिर्दै आएका विभिन्न धर्म,संस्कृति र परम्पराले नेपालको विशिष्ट पहिचान दिएका छन् । यी सांस्कृतिक निधिहरु पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिबृद्धि गर्ने माध्यम पनि हुन् । तिनकोे संरक्षणमा राज्यले समेत विशेष ध्यान दिनुपर्दछ । नेपाली कांग्रेस हाम्रा धर्म,संस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृत बनाउन कटिबद्ध रहदै आएको ब्यहोरा पनि म स्मरण गराउन चाहन्छु ।

जितीया पर्व उल्लासमय वातावरणमा सम्पन्न हुन सकोस् । मेरो शुभकामना उहाँले बताउनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.