Advertisement

कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य

0 606

Advertisement

११ असाेज, बलेवा । आसन्न १४औँ महाधिवेशनका लागि शनिबारदेखि सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका आठ स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीन नगरपालिका र पाँच गाउँपालिका छन् । नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ । आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् । गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भएका कारण निर्वाचन हुन सकेको छैन । आजसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ ।

बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताका विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगन भएको कांग्रेसका एक नेताले बताउनुभयो । बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुङ्गो छैन । निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत निर्वाचित हुनुभएको छ ।

जैमिनी नगरपालिकामा प्रेमप्रसाद सापकोटा निर्वाचित हुनुभयो । ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित हुनुभएको थियो । निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिकामा लीलाबहादुर छन्त्याल र काठेखोला गाउँपालिकामा यामदत्त कँडेल सर्वसम्मत चयन हुनुभयो । बागलुङका १० स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरपालिकाको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा निर्वाचित हुनुभयो ।

अर्को पक्षबाट उम्मेदवार बन्नुभएका कर्ण हमाललाई उहाँले ६२ मतान्तरले पराजित गर्नुभयो । खसेको ३८८ मतमध्ये शर्माले २२४ मत र हमालले १६२ मत प्राप्त गर्नुभयोे । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता शून्य छ । कोषध्यक्ष निर्वाचित पदाधिकारीको बैठकले मनोनयन गर्ने भएकाले महिला पदाधिकारीमा ल्याउने सम्भावना बाँकी रहेको एक नेताले बताउनुभयो ।

गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वडामा निर्विरोध नेतृत्व चयन भएको थियो । ढोरपाटन नगरपालिका–५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो । वडा तहमा समेत महिला सहभागिता छैन । नेतृत्वमा महिला नआउनु यो दुर्भाग्य हो”, महिला नेत्री ज्ञानु श्रीष शर्माले भन्नुभयो, “बिहानमै व्यवस्था गरेर पदाधिकारीमा महिलाको सहभागिता अनिवार्य गर्नुपर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.