Advertisement

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

0 589

Advertisement

११ असाेज, भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल हुनुहुन्छ ।

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी हुनुभएको छ । मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्वका उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी हुनु भएको छ ।

यसैगरी चाँगुनारायण नगर सभापति केसी नेत्तृत्वका उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी हुनुभएको छ । सूर्यविनायक नगर ढुङ्गेलका नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी हुनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.