Advertisement

राजमार्गमाथिबाट आएको ढुङ्गाले लाग्दा एकको मृत्यु

0 626

Advertisement

१३ भदाै, बनेपा । अविरल वर्षासँगै राजमार्गमाथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आइतबार बिहान बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७ कटुञ्जेमा राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुर घर भएका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले आइतबार बिहान ९ बजे राजमार्गमाथिबाट खसेको ढुङ्गाले लाग्दा जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ज. ८ प ७४९० नम्बरको मोटरसाइकलका चालक साह र मोटरसाइकल पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते भएको बताउनुभयो । घाइते दुवैलाई उपचारका लागि धुलिखेल पठाइएकोमा मोटरसाइकल चालक सरोजकुमारलाई अस्पतालले बिहान १०ः३० बजे मृत्यु घोषणा गरेको उहाँले बताउनुभयो । अर्का घाइते सतिसकुमार साहको पेट र अनुहारमा चोट लागेकोले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अविरल वर्षाका कारण अरनिको राजमार्गको खावादेखि तीन पिप्लेसम्मको सडक खण्डको विभिन्न स्थानमा पहिरो गई केही समय राजमार्ग अवरुद्ध भएको छ । सडक विभागले अरनिको राजमार्गको खावादेखि तीन पिप्लेसम्मको सडकमा मोड सुधारको काम गरिरहेकोले पहिरो गएको हो । पहिरो गएर अवरुद्ध भएको अरनिको राजमार्गको पहिरो पन्छाउनका लागि प्रहरी परिचालन गरी यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

वर्षाका कारण बिपी राजमार्गको विभिन्न स्थानमा साना साना पहिरो र ठाउँ ठाउँमा राजमार्गमाथिबाट ढुङ्गा खस्ने क्रम बढेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण जिल्लाका साना तथा ठुला नदी तथा खोलाहरुमा पानीको सतह बढेको छ । वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक खतिवडाले बताउनुभयो । 

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.