Advertisement

राप्तीमा पशु पंक्षि उपचार केन्द्रद्धारा नवनिर्मित भवन वाट सेवा सुरु

0 976

Advertisement

तिर्थराज ज्ञवाली

०९ भदौ, मौरिघाट(देउखुरी दाङ) ।
राप्ती गाउँपालिका पशु सेवा शाखाले पशु पंक्षि उपचार आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
वडा नं ४ को गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रको नवनिर्मित भवन वाट सेवा सुरु गरेको पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालले जानकारी दिनु भएको छ ।

पशु पंक्षि उपचार केन्द्रले पशु सेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि ५ जना कर्मचारी सहित आफ्नै भवनबाट निशुल्क सेवा दिन सुरु गरेको रिजालले जानकारी दिनु भएको छ ।

गोपीनालामा रहेको पशु पंक्षि उपचार केन्द्रमा निशुल्क रुपमा पशु पंक्षिहरुको गोवर परिक्षण, आन्तरिक बाहिरी परिजीवीको उपचार, पशु पंक्षि सम्वन्धि सम्पुणर् रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन र्भईरहेको पशु स्वास्थ्य प्रविधिक कमल पुन मगरले जानकारी दिनु भएको छ ।

पशु सेवा शाखा प्रमुख शेर बहादुर हमाल रिजालका अनुसार शाखाले नियमित रुपमा हिउदे र वर्षे घाँसका विउ, बेर्ना वितरण गर्दै आएको बताउदै कृषक दाजु भाई दिदी वहिनीहरुलाई पशु, पंक्षि तथा मत्स्य पालन गर्दा कुनै समस्या आएमा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।
पशु सेवा शाखाले छिटैनै आधारभुत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउदै रिजालले यस शाखाले सिसहनिया बाट समेत सेवा दिदै आएकोले वडा नं ५ को कार्यालयमा रहेको उपचारकेन्द्रमा समेत सम्पर्क गर्न पशु पंक्षि पालकलाई अनुरोध गर्नु भएको छ ।

राप्ती गाउँपालिका पशु सेवा शाखाले एक सुचना मार्फत पछिल्लो समय पशु पंक्षिमा लाग्ने सरुवा रोग जस्तै पी पी आर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखीएकोले पशु पंक्षि ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापडण्ड पुरा गरेको पशु पंक्षि खरिद विक्रि तथा ढुवानी गर्न सबैमा अनुरोध गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.