Advertisement

तेह्रथुम पावरको आइपिओ खुल्यो, ६० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने

0 1,269

Advertisement

०९ भदाै, काठमाडाैँ । तेह्रथुम पावर कम्पनीले आज भदौ ९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयको लागि आईपिओ निष्काशन गरेपछि सर्वसाधारणलाई शेयर खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको छ भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको छ। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

यस आईपिओमा छिटोमा भदौ १३ गतेसम्म र त्यस अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुन लागेको हो । कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ भनेतेह्रथुम मै २ मेगावाटको अर्को आयोजना निर्माणको लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।

कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.