Advertisement

प्रधानमन्त्री देउवा र जसपाका नेताहरुबीच भेटवार्ता

0 872

Advertisement

०१ भदौ, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरु महन्थ ठाकुुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायतले भेटवार्ता गर्नुुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गर्नुभएको नेता भण्डारी जानकारी दिनुभयो ।

भेटमा जसपाका नेताहरुले नागरिकतासम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधनलगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले आफूले संसद्मा विश्वासको मत लिने बेलामा मधेसका माग सम्बोधन गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सरकार व्यवस्थित भएपछि माग सम्बोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको नेता भण्डारीले जानकारी दिनुभयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.