Advertisement

मेस्सीलाई अनुबन्ध गर्ने पिएसजीको तयारी

0 1,258

Advertisement


२३ साउन, एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीलाई अनुबन्ध गर्न आन्तरिक तयारी थालेको छ । क्लबले अर्का फरवार्ड किलियन एमबाप्पेलाई समेत क्लबमा नै राख्ने हिसाबले मेस्सीलाई अनुबन्ध गर्ने बुझिएको छ ।

बार्सिलोनाले मेस्सीलाई नयाँ सम्झौता दिन सम्भव नभएपछि मेस्सीका एजेन्ट तथा पिता जोर्गे मेस्सीले पिएसजीसँग सम्पर्क गरेका थिए । पिएसजीले यसअघि नै जुनमा सम्झौताबाट मुक्त भएपछि मेस्सीलाई सम्पर्क गरेकोमा यसपटक पनि सकारात्मक जवाफ दिएको हो । अब दुवै पक्षले आन्तरिक रुपमा सम्झौताबारे गृहकार्य सुरु गरेका छन् ।

पिएसजीसँगै इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीले पनि मेस्सीलाई अनुबन्ध गर्न इच्छा जाहेर गरेका थिए । तर पिएसजीले लामो समयदेखि मेस्सीबारे चासो राख्दै अनुबन्धको प्रयास गरेको थियो । पिएसजीले विगत केहि वर्षयता च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित टोली तयार गर्दै आएको छ । तर फाइनलसम्म पुगेर पनि क्लब सफल हुन सकेको छैन ।

मेस्सीले पिएसजी जानेबारे छलफल गर्न विहीबार नै प्रशिक्षक माउरिसियो पोचेटिनोसँग कुराकानी गरेका छन् । बार्सिलोना जस्तै पिएसजी पनि अहिले ऋणमा छ । तर पिएसजीले खेलाडी बेचेर आफ्नो आर्थिक अवस्था सुदृढ पार्न सक्छ । मेस्सी आउनेभएसँगै क्लबले अब मौरी इकार्डी, एन्जल डी मारिया, लगायत केहि ठूला नामका खेलाडीलाई बेच्ने सम्भावना छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.