Advertisement

‘ए’ डिभिजन लिग सर्यो, अब कात्तिक २९ बाट

0 880

Advertisement

१७ श्रावण, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार यस वर्षको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुने जनाएको छ ।

एन्फाले आइतबार ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । एन्फाले कात्तिक २९ गतेबाट लिग खेल्न क्लब सहमत भएको जनाएको छ ।

यस अघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो । तर, अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडी सारिएको हो ।

साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छ । एक चरणमा हुने यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।

अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । एन्फाले लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

बैठकमा एन्फाका महासचिव इन्द्रमान तुलाधर, सहायक महासचिव अरुणमान जोशी, लिग समितिका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जिब मिश्रलगायतको उपस्थिति रहेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.