Advertisement

त्रिभुवन आर्मी क्लबका भलिबल मिडल ब्लकर हरि अधिकारीकाे बढुवा

0 1,110

Advertisement

१७ जेठ, काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् ।

उनलाई गत माघ २२ गते नै श्री बरख गणका गणपति भवन थापा मगरले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । माघमै हवल्दारमा बढुवा भएपनि उनले आइतबार मात्रै आफु बढुवा भएको सार्वजनिक गरेका थिए ।

ओखलढुंगा स्थायी घर भएका हरि २०६८ मा सैन्यबाट आर्मीमा प्रवेश गरेका थिए । त्यसपछि उनी अमल्दारमा बढुवा भएको थियो । आर्मीमा भर्ना भएलगत्तै उनी आर्मीको पुरुष भलिबल टोलीसँगै नेपाली राष्ट्रिय भलिबल टोलीमा पर्न सफल भएका थिए ।

२९ वर्षीय हरिले २०७३ मा माल्दिभ्समा भएको तेस्रो एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपपछि राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सोही च्याम्पियनसिपमा नेपालले ऐतिहासिक कास्यपदक जितेको थियो ।

त्यसपछि उनी लगातार राष्ट्रिय टोलीमा रहँदै आएका छन् । उनले राष्ट्रिय टोलीबाट २०१८ को एसियन गेम्स, १३औं दक्षिण एसियाली खेलकुद (साग) चौथो र पाँचौ सेन्ट्रल जोनसँगै हङकङ, मकाउ, डेनमार्क, बंगलादेश र अफगानिस्तानविरुद्धको मैत्रीपुर्ण खेल खेलिसकेका छन् ।

उनले आर्मीको पुरुष भलिबल टोलीबाट दर्जन बढी उपाधि जितेका छन् । पछिल्लोपटक गत चैतमा इलाममा भएको दोस्रो इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उनी गत चैत अन्तिम साता काठमाडौंमा सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिससँगको खेल दौरान घाइते भएका थिए ।

ब्लक गर्ने क्रममा ल्यान्डिङ नमिल्दा उनले बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । दुई महिना मैदान बाहिर रहेका उनी अहिले चोटमुक्त भइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.