Advertisement

मेरो शेयरमा समस्या

0 383

Advertisement

१७ जेष्ठ, काठमाडाैं । गत बिहीबार र आइतबारको अधिक कारोबार चापको असर मेरो शेयरमा देखिएको छ । आइतबार मात्र कुल १ लाख ७५ हजारभन्दा बढी पटक शेयर किनबेच भएको थियो । उल्लेखित कारोबारको सेटलमेण्टका दौरान मेरो शेयरमा अधिक चाप परेकाले मेरो शेयरले कारोबारका तथ्यांक तान्न सकिरहेको छैन । जसका कारण लगानीकर्ताले इडिआईएस गर्दा चारित औषतको गणना गर्न प्रणालीले सुझाव दिन्छ, तर इडिआईएसको तथ्यांक देखाउँदैन ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) कासूचना अधिकारी सुरेश न्यौपानेका अनुसार सफ्ट्वेयरलाई कारोबारको विबरण तान्न कठिनाइ भएकाले इडिआइएसमा समस्या देखिएको हो । समस्या समाधानको पहल भईरहेको न्यौपानेले नोटबजारलाई बताए ।

यस अघि प्राथमिक निष्काशन तर्फको क्षमता बिस्तार गरिएकाले मेरो शेयर सहज अवस्थामा चलाउन सकिएको भए पनि अहिले कारोबारको आकार बढेकाले फरक समस्या आएको र समाधानको पहल भईरहेको उनले बताए ।

आइतबार पौने २ लाख संख्यामा भएका कारोबारको तथ्यांक सोमबार एकै पटक लगानीकर्ताकोमा पुगेको हुनाले प्रयोगकर्ता र कारोबारको विबरणको चाप प्रणालीले धान्न नसकेको हो ।

उता शेयर दलाल व्यवसायीहरुले इडिआईएस गर्न नसकेका लगानीकर्ताहरुको धेरै फोन आएको भन्दै छिटो समस्या समाधान गरिदिन आग्रह गरेका छन् । निषेधाज्ञाका बेला सिमित जनशक्तिबाट कार्यालय सञ्चालन गर्नु पर्ने अवस्थामा बजारमा बढेको कारोबारसँगै इडिआइएस हुन नसक्दा कर्मचारीहरु अन्यौलमा परेको उनीहरुको भनाई छ ।

विगतमा मेरो शेयरमा समस्या आउँदा कारोबार राफसाफका लागि समय थप गरिँदै आएको थियो । सोमबार मेरो शेयरबाट लगानीकर्ताले इडिआईएस गर्न नसकेको खण्डमा आइतबारको कारोबारको राफसाफका लागि समय थप हुन्छ वा हुँदैन भन्ने चासो आम लगानीकर्ताका साथै शेयर दलालहरुमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.